Section 7A
पदपूर्तिको माग गर्ने व्यवस्था
(१) निजामती सेवाको कुनै पद रिक्त भएमा त्यसको सूचना पद रिक्त भएको एक महिनाभित्रमा सम्बन्धित निकायले लोकसेवा आयोगलाई दिई सोको जानकारी सामान्य प्रशासन मन्त्रालयलाई दिनुपर्नेछ । सो अवधिभित्र सूचना नदिने पदाधिकारीलाई विभागीय कारबाही हुनेछ ।
(२) उपदफा (१) बमोजिम रिक्त भई पदपूर्तिको माग भई आएका पदहरूको विवरण प्रत्येक वर्ष श्रावण महिनाभित्र तोकिएबमोजिम सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्नेछ ।
(३) निजामती सेवाको पदपूर्तिको लागि माग गर्दा सो अवधिसम्म रिक्त हुन आएका पद र चालूआर्थिक वर्षभित्रमा अवकाश तथा बढुवाबाट रिक्त हुने पदसमेत यकिन गरी माग गर्न सकिनेछ ।
(४) पदपूर्तिको माग गर्नेसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।